राष्ट्रको गरिमा र सुदृढ सम्बन्ध बढाउनेमा आफ्नो चीन भ्रमण केन्द्रित हुने प्रधानमन्त्रीको भनाइ

काठमाडौँ – चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली भोली मित्र राष्ट्र चीनको औपचारीक भ्रमण गर्दै हुनुहुन्छ ।

मङ्सिर १७ देखि २० गतेसम्म हुने प्रधानमन्त्रीको चीनको औपचारिक भ्रमणको तयारी तीव्र गतिमा जारी छ ।

भ्रमण तालिका तय भैसकेको छ भने भ्रमणका क्रममा छलफल हुने विषयवस्तुहरुबारे पनि लगभग तयारी पूरा भैसकेको छ ।

दुई देशबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने भ्रमणको मूल उद्देश्य भएकाले त्यसलाई पूरा गर्न सबैले आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न प्रधानमन्त्रीले भ्रमण टोलीमा रहने सदस्यहरुलाई निर्देशन दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.