हुम्लाको सर्केगाडमा ४० प्रतिशत मतदान

हुम्ला- सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका लागि शान्तिपूर्ण मतदान भएको छ। मुख्य निर्वाचन कार्यालय सर्केगाड हुम्लाका अनुसार १२ बजेसम्म ४० प्रतिशत मतदान भएको जानकारी दिएको छ ।
१२ वटा मतदान स्थल, र १३ वटा मतदान केन्द्रमा ४० प्रतिशत भन्दा बढी मतदान भइसकेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताउनुभयो। मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ ६ हजार ८१० मतदाताको सङ्ख्या छ मुख्य निर्वाचन अधिकृत बरालले बताउनुभयो।
सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुराँस मावि, देवकोटा मावि, हिम ज्योति मावि, भवानी मावि, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविमा मतदान केन्द्रमा भोट हाल्न मतदाता शान्तिपूर्ण रूपमा मतदान गरेका छन्। हजार ८ सय १ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत बरालले बताउनुभयो ।
सो पदका लागि एक स्वतन्त्र सहित ६ जना प्रतिस्पर्धामा छन्।
माओवादी केन्द्रबाट निर्वाचित उपाध्यक्ष चन्द्रसिंह कार्कीको २०८१ भदौ ४ असारमा निधन भएपछि उपनिर्वाचन भएको हो। उक्त मतदान केन्द्रमा ७३ जना कर्मचारी खटिएका र मतदान केन्द्रमा १ सय ७३ जना भन्दा बढी सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।






प्रतिक्रिया राख्नुहोस्