पाँच जनाको शव निकालियो, दुई जनाले भागेर ज्यान जोगाए

दाङ–रोल्पामा झोलुङ्गे पुल निर्माणको क्रममा माटोको ढिस्कोले पुरिएका पाँच जनाको शव निकालिएको छ । रोल्पा सुनछहरी गाउँपालिका वडा नं ३ बाहिरी गाम भन्ने स्थानमा मौला वाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको लागी खाल्डो खनेर पर्खाल लगाउने काम चलिरहेको थियो । सो क्रममा माथिबाट माटोको ढिस्को भत्किएर पुरिदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी भरत लामाले जानकारी दिनुभयो ।

घटनामा परेर सुनछहरी गाउँपालिका वडा नं ३ बाहिरी गाम बस्ने वर्ष ४५ को दुजमन परियार, सोही ठाउँ निवासी वर्ष ३१ को ओम परियार, वर्ष ४० की सुबित्रा परियार, वर्ष २७ की आईती परियार, वडा नं ३ बहिरी गाम बस्ने वर्ष ६६ को देवीराम परियारको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । चार जनाको पहिलो चरणमा र एक जनाको दोस्रो चरणमा शव निकालिएको थियो ।

प्रहरी र स्थानीयको सहयोगमा पहिरो हटाएर शिव निकालिएको थियो । पहिरोले पुरिएको खबर पाएपछि प्रहरी सहायक निरीक्षक प्रकाश बिस्टको कमान्डमा पाँच जनाको टोली उद्धारमा खटिएको थियो ।

एल.बि.एन्ड पल्लभी जक्सन जेभी निर्माण सेवा अन्तर्गत उक्त स्थानमा ७ जनाले काम गर्दै थिए । जस मध्य दुई जनाले भागेर ज्यान बचाउन सफल भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.