दिउँसो ३ बजेसम्म ५८ प्रतिशत मत खस्यो
काठमाडौँ- निर्वाचन आयोगका अनुसार जारी स्थानीय तहको उपनिर्वाचनमा दिउँसो ३ बजेसम्म ५८ प्रतिशत मत खसेको छ ।
उपनिर्वाचनमा मतदाताहरुले उत्साहपूर्वक सहभागिता जनाइरहेका र ३ बजेसम्म ५८ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता एवं सह-सचिव निता अर्याल पोखरेलले जानकारी दिनु भएको छ ।
स्थानीय तहमा रिक्त ४२ पदका लागि बिहान ७ बजेदेखि सुरू भएको मतदान बेलुका ५ बजेसम्म जारी रहने छ ।
मतदान सकिएलगत्तै मतपेटिका संकलन गरेर तोकिएको स्थानमा मतगणना आजैबाट सुरू गर्ने आयोगले जनाएको छ । मतपरिणामको नतिजा आयोगको वेवसाइटमा हेर्न सकिने ब्यवस्था आयोगले मिलाएको छ ।
प्रतिक्रिया राख्नुहोस्