करिव १० अंकले घट्यो नेप्से

काठमाडौँ- साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ ।
आज परिसूचक नौ दशमलव ९९ अङ्कले घटेर दुई हजार सात सय ३८ दशमलव शून्य छको बिन्दुमा कायम भएको हो । आज आठ अर्ब ८३ करोड २२ लाख २५ हजार आठ सय ९२ बराबरको कारोबार भएको छ ।
व्यापार समूह, विकास बैंक समूह र होटल तथा पर्यटन समूह बाहेक सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी वित्त समूह दुई दशमलव ९६ प्रतिशतले घटेको छ ।
आज पाँचवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
विशाल बजार कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लाग्यो ।।






प्रतिक्रिया राख्नुहोस्