मतदान सकियो, किर्तिपुर र मोरङको ग्रामथान गाउँपालिकामा आजै मतगणना सुरु हुने

काठमाडौँ- स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भएको हो ।
स्थानीय तह अन्तर्गत भएको उपनिर्वाचनमा दुई लाख २६ हजार सात सय ९९ जना मतदाता रहेका छन् ।
विहान ७ बजेदेखि अहिले ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको हो ।
यस उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
उपनिर्वाचन अन्तर्गत काठमाडौँको किर्तिपुर नगरपालिका र मोरङको ग्रामथान गाउँपालिकामा मतपेटिका संकलन पछि आजै रातिदेखि मतगणना गर्ने तयारी गरिएको छ ।
अन्य जिल्लामा पनि मतपेटिका सम्वन्धीत मतगणनास्थलमा संकलन गरिएपछि सर्वदलिय सहमतिपछि गणना शुरु गरिने तयारी गरिएको छ ।
स्थानीय तहको रिक्त ४४ पदमध्ये ३ जना निर्विरोध भएपछि आज ४१ पदका लागि निर्वाचन भएको हो ।।






प्रतिक्रिया राख्नुहोस्