कीर्तिपुर नगरपालिकाको मतगणना सुरु

काठमाडौं – काठमाडौंको कीर्तिपुर नगरपालिकाको मतगणना सुरु भएको छ ।

आज भएको निर्वाचनमा उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा ६८ प्रतिशत मत खसेको छ ।

सर्वदलीय सहमतिका आधारमा राति १० बजे मतगणना सुरु गरिएको हो ।

सुरुमा दुई जना वडाध्यक्षको मत गणना सकिएपछि अन्य वडाको मतगणना गरिने छ । कीर्तिपुरमा दुई वटा वडाका वडाध्यक्ष र नगरप्रमुखका लागि उपनिर्वाचत भएको हो ।

कीर्तिपुरको नगरप्रमुखमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु गरी २० जनाबीच प्रतिस्पर्धा छ । कीर्तिपुरमा कांग्रेस, एमाले, माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारबीच नै चर्को प्रतिस्पर्धा छ । निर्वाचनको मतपरिणाम भोलिसम्म आउने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.