नुवाकोटको ककनी- २ को वडाध्यक्षमा माओवादीका घिमिरे विजयी
नुवाकोट- नुवाकोटको ककनी गाउंपालिका २ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ककनी–२ मा उपनिर्वाचन अन्तर्गत भएको मतदानको मतगणना अनुसार नेकपा माओवादी केन्द्रका कृष्ण घिमिरे मिलन विजयी हुनुभएको छ ।
माओवादी केन्द्रका उम्मेदवार घिमिरेले एक हजार ८५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुर्य तामाङले पाँच सय ८७ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी नेकपा एमालेका यम बहादुर लामाले तीन सय ४२ मत प्राप्त गर्दा रास्वपाका मंगल सिद्धी लामाले ८३, राप्रापाका खेम बहादुर थापाले २८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
गत २०७९ को निर्वाचनमा वडाध्यक्षमा विजयी भएका तीलक लामाको गत वर्ष निधन भएपछि सो वडामा उपनिर्वाचन भएको हो ।
प्रतिक्रिया राख्नुहोस्