ग्रामथान गाँउपालिका अध्यक्षमा माओवादी केन्द्रका माझी विजयी
मोरङ- मोरङको ग्रामथान गाँउपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी निर्वाचित हुनुभएको छ ।
मंसिर १६ गते भएको उपनिर्वाचनमा माझीले ६ हजार ९ सय ६९ मत ल्याई नेपाली कांग्रेसका बलराम सरदारलाई १ हजार ६ सय ३६ मतले पराजित गर्नुभएको हो ।
बलराम सरदारले ५ हजार ३ सय ३३ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वासले ४ हजार १ सय ५९ मत प्राप्त गर्नुभएको छ ।
२०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छेदार ग्रामथान गाँउपालिकाको अध्यक्षमा निर्वाचित हुनु भएको थियो भने २०७४ सालको स्थानीय निर्वाचनमा एमालेका शिव नारायण माझी विजयी हुनु भएको थियो ।
कुल २६ हजार ४४ मतदाता रहेको ग्रामथान गाँउपालिकामा उपनिर्वाचनमा ७१ प्रतिशत अर्थात १८ हजार ५ सय ७७ मत खसेकेा थियो ।
प्रतिक्रिया राख्नुहोस्