रवि, छवि र जीवीलाई पक्राउ गर्न पर्सा प्रहरीले अदालतसँग माग्यो अनुमति
वीरगञ्ज – सहकारीको रकम अपचलन मुद्दामा रास्वपाका सभापति रवि लामिछानेसहित तीनजनालाई पक्राउ गर्न पर्सा प्रहरीले अदालतसँग अनुमति माग गरेको छ ।
वीरगञ्ज महानगरपालिका- ६, आदर्शनगरस्थित सानो पाइला बचत तथा ॠण सहकारी संस्थाबाट गोर्खा मिडियामा ८ करोड ५८ लाख ४४ हजार रूपैयाँ प्रवाह गरिएको थियो । यस सहकारीबाट गोर्खा मिडियाको नाममा ग्लोबल आईएमईमा सञ्चालित बैंक खातामा रकम प्रवाह गरिएको कुरा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले औंल्याएको थियो ।
पर्सा प्रहरीले उक्त सहकारीका अध्यक्ष जीवी राई तथा गोर्खा मिडियाका प्रवन्ध निर्देशकको हैसियतले लामिछाने र छविलाल जोशीका विरुद्ध पक्राउ अनुमति माग गरी अनुसन्धान अगाडि बढाउन लागेको जिल्ला प्रहरी कार्यालयका एसपी कुमोध ढुंगेलले जानकारी दिनुभयो ।
सहकारी ठगी प्रकरणमा उनीहरुमाथि अनुसन्धान गर्ने पर्सा पाचौं जिल्ला हो । उनीहरूमाथि कास्की, रुपन्देही, काठमाडौं र चितवनबाट अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्