बझाङ ४ को वडाध्यक्षमा कांग्रेसका पुजारा निर्वाचित

काठमाडौँ- बझाङको सूर्मा गाउँपालिका –४ को वडाध्यक्षमा नेपाली कांग्रेसका धिरेन्द्र पुजारा निर्वाचित हुनुभएको छ ।
सो गाउँपालिकाका वडाध्यक्ष पदका लागि आइतबार भएको उपनिर्वाचनमा कांग्रेसका पुजाराले ६५७ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका लखीचन्द्र बोहराले ४८७ मत प्राप्त गर्नुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्