मुद्दा खेपिरहेका आफ्ना छोरालाई आममाफी दिने वाइडेनको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरालाई आधिकारिक माफी दिनुभएको छ ।

छोरा हन्टर बाइडेनको मुद्दाको तथ्यलाई तर्कसङ्गत रुपमा नहेरिएको र आफ्नो छोरा भएको कारण मात्र दोषी ठहराइएको राष्ट्रपति बाइडेनद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रपति बाइडेन ले पटक–पटक आफ्नो छोरालाई माफी नदिने र न्याय विभागको निर्णय प्रक्रियामा हस्तक्षेप नगर्ने बताउँदै आउनुभएको थियो । तर अमेरिकाका भावी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा कार्यभार सम्हाल्नुअघि आफ्नो कार्यकालको अन्तिम हप्तामा रहनुभएका बाइडेनले यस्तो घोषणा गर्नुभएको हो ।

ट्रम्पले एफबीआई र न्याय विभागमा आफ्ना नजिकका व्यक्तिहरु नियुक्त गर्ने क्रम अघि बढिरहेका बेला चालिएको यो कदमले अमेरिकी न्यायिक प्रणालीको स्वतन्त्रतामाथि नयाँ अनुसन्धान अघि बढाउने निश्चित रहेको टिप्पणी गरिएको छ ।

राष्ट्रपति बाइडेनका छोरा हन्टर बाइडनलाइ यसै वर्षको सुरुमा बन्दुक किन्दा लागूऔषधको प्रयोगबारे झूट बोलेको अभियोगमा दोषी ठहर गर्दै गरिएको थियो । यस्तै उहाँलाइ कर छलीको छुट्टै मुद्दामा पनि दोषी ठहर गरिएको थियो । यद्यपी उहाँले यो आरोप अस्वीकार गर्दै आइरहुनभएको थियो ।

हन्टर बाइडनलाई गत सेप्टेम्बरमा कर छलीको अभियोगमा १७ वर्षको जेल सजायको घोषणा गरिएको थियो । अवैध बन्दुक राखेको छुट्टै अभियोगमा उहाँलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो । अमेरिकी राष्ट्रपतिहरूले यसअघि पनि परिवारका सदस्य र अन्य राजनीतिक सहयोगीहरूलाई सहयोग गर्न क्षमादानको प्रयोग गर्दै आएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.