जल तथा उर्जा आयोगको सचिवालयको सचिवमा घिमिरे
काठमाडौँ – जल तथा उर्जा आयोगको सचिवमा रामप्रसाद घिमिरे नियुक्त हुनुभएको छ ।
मन्त्रीपरिषद्को आईतबार साँझ बसेको बैठकले प्राविधिक तर्फको सचिवमा बढुवा हुनुभएका घिमिरे आयोगको सचिवमा नियुक्त हुनुभएको हो ।
आयोगका सचिव गोपाल सिग्देलको सहरी विकास मन्त्रालयमा सरुवा भएसँगै उक्त स्थान खाली रहेको थियो । आयोगका कर्मचारीले सोमबार स्वागत गरेलगत्तै सचिव घिमिरेले कार्यभार सम्हाल्नुभएको हो ।
नवनियुक्त घिमिरे यसअघि खानी तथा भूगर्भ विभागका महानिर्देशक हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्