सङ्घीयताको सवलीकरणमा मिडियाको भूमिका महत्वपूर्णः मुख्यमन्त्री आचार्य
दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलीकरणका लागि मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज नेपाल टेलिभजनका पदाधिकारीसँगको भेटमा मुख्यमन्त्री आचार्यले संघीयतालाई बलियो बनाउनेगरी मिडिया क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरिरहेको, अझैं प्रदेश सरकारबाट सम्पादन भएका काम र असल अभ्यासहरुलाई नागरिक माझ पुर्याउन जोड दिनुभयो ।
‘प्रदेश स्थापना भएदेखिनै मिडिया क्षेत्रसँग सहकार्य भइरहेको छ । प्रदेशको सम्भावना र सम्पादन भएका कामले जनस्तरमा पुर्याएको योगदानलाई बाहिर ल्याउन जरुरी छ’उहाँले भन्नुभयो,‘सुशासन, पारदर्शीता र जवाफदेहिताको लागि मिडिया क्षेत्रबाट अझै भूमिका बढाउनुपर्ने छ । यसका लागि प्रदेश सरकार मिडिया क्षेत्रसँग सहकार्य गरेर साथसाथै अघि जान चाहन्छ ।’
भेटमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाहले सार्वजनिक प्रशारण संस्था गठन गरेर नयाँ ढंगले नेपाल टेलिभिजन र रेडियो नेपाल आगडि बढेको र आगामी दिनहरुमा पनि प्रदेश सरकारसँग सहकार्य गरेर जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।।
प्रतिक्रिया राख्नुहोस्