बंगलादेशका अल्पसंख्यक हिन्दूहरुमाथिको आक्रमण रोक्न सांसद भण्डारीको आग्रह
काठमाडौँ- नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारील बंगलादेशमा विगत केही महिनादेखि निरन्तर रूपमा अल्पसंख्यक हिन्दू धर्मावलम्वीहरुमाथि आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।
आज एक विज्ञप्ती निकाल्दै सांसद भण्डारीले हिन्दू धर्मावलम्बीहरुमाथि इस्लामिक कट्टरपन्थी समुदायबाट भएको साङ्घातिक आक्रमणको श्रृंखला नरोकिएको भन्दै धार्मिक स्वतन्त्रता र मानव अधिकारको सम्मान गर्दै हिंसा रोक्न प्रभावकारी उपाय अवलम्वन गर्न बंगलादेश सरकारलाई अनुरोध गर्नुभएको छ ।
हिन्दूहरुमाथि धार्मिक दमन र आक्रमणका घटना भैरहँदा समेत संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था लगायतले चासो नराख्नु थप चिन्ताको विषय भएको सांसद भण्डारीले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
उहाँले नेपाल सरकारले यस विषयमा गहिरो चासो राख्दै आफ्नो प्रभावकारी कूटनीतिक भूमिका निर्वाह गर्न पनि माग गर्नुभएको छ ।।
प्रतिक्रिया राख्नुहोस्