त्रिपुरा सुन्दरी माईको मेला सम्पन्न
धादिङ – धार्मिक एवं ऐतिहासिक महत्त्व बोकेको त्रिपुरा सुन्दरी माईको दुई दिनसम्म लाग्ने मेला आज सम्पन्न भएको छ ।
हिजो देखी सुरु भएको सो मेला आज बिहान त्रिपुरा सुन्दरी माईलाई घरबाट माइती घरमा ल्याएर भित्राए पछि सम्पन्न भएको हो ।
मङ्गलवार बिहानदेखि त्रिपुरा सुन्दरी गाउँपालिका स्थित सल्यनकोटबाट सुरु भएको सो मेलामा बिहानदेखि नै भक्त जानहरुको भिड लागेको थियो ।
हिजो दिनभरि भक्तजनहरूले सल्यनकोटमा रहेको देवी त्रिपुरा सुन्दरीको घर भनिने मन्दिर प्राङगणमा बसी त्रिपुरा सुन्दरी भगवती माईको भजन कीर्तन सहित रमाइलो गरी पूजा आजा गरे पछि बिहानको साइतमा देवी भवानीलाई माइती घर ल्याइएको हो ।
मेलामा त्रिपुरा सुन्दरी भगवती माईलाई घारबाट माइतमा ल्याउने प्रचलन अनुसार धादिङको सल्यानकोको हटिया स्थित मन्दिरबाट
सल्यानवेशीको हाँसे बजारमा भएको मन्दिरमा ल्याई भित्राउने चलन रहेको छ । यसो त यस क्षेत्रका मानिसहरूले उत्पादन गरेको नयाँ अन्न बाली भित्राए पछि सो अन्नको न्वागी खाने भन्दै देवी भवानीलाई नयाँ अन्न चढाए पछि प्रसादको रूपमा नयाँ चामल खाने प्रचलन रहेको जानकारहरूको भनाई छ ।
त्रिपुरा सुन्दरी माईलाई चैत्र महिनामा साइत हेरी फेरी माइत घर हासे बजारबाट सल्यानकोको हटियामा भएको मन्दिर स्थित घरमा नै लगिने चलन रहेको छ । सुन्दरी माईलाई बाजा जागा सहित सबै गाँउलेहरु भेला भई घरबाट माइतसम्म पुर्याउन आउने गर्दछन् ।
चैते दसैँमा भने देवी भवानी त्रिपुरा सुन्दरी भगवती एक दिनको लागी मामाको घर जाने चलन पनि छ सो दिन भने एकै दिनमा आफ्नो घर फर्कने गर्दछन् । देवी भगवतीको मामाको घर र आफ्नो घर भने नजिकै छ । सो मेला भर्नका लागी काठमाडौँ,चितवन, गोर्खा र नुवाकोटबाट समेत मानिसहरू आउने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्