विवाहपञ्चमी महोत्सवका लागि अयोध्याबाट आएका साधुसन्तसहित जन्ती जनकपुरका लागि प्रस्थान

जनकपुधाम – विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्याबाट आएका साधुसन्तसहित जन्ती जनकपुरका लागि प्रस्थान गरेको छ ।

त्रेता युगमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र जनकनन्दिनी सीताको विवाह भएको सम्झनामा मार्ग शुक्लपञ्चमीका दिन जनकपुरमा आयोजना हुने विवाह महोत्सवमा सरिक हुन अयोध्याबाट लावालस्करसहित जन्ती आएका हुन् ।

मिथिलामा सात दिनसम्म मनाइने विवाह पञ्चमीको सांस्कृतिक महोत्सवमा भाग लिन अयोध्याबाट साधुसन्तसहित जन्ती आएका छन्।

महोत्सवमा मिथिला संस्कृतिअनुसार विवाह मण्डपको वेदी (यज्ञकुण्ड) बनाउने मटकोर विधि आज सम्पन्न गरिँदै छ । मटकोरका लागि मटिहानीस्थित धार्मिक महत्वको लक्ष्मीसागर (तलाउ)बाट राम–सीताको विवाहमा माटो खनेर लगिएको विश्वासमा प्रत्येक वर्ष यो विधि सम्पन्न गर्ने गरिएको छ ।

सात दिनसम्म मनाइने विवाहपञ्चमी महोत्सवको पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैठौँ दिन शुभविवाह र सातौँ दिन राम कलेवा कार्यक्रम सम्पन्न गरिने परम्परा छ ।  मार्ग शुक्ल पञ्चमीका दिन आयोजन हुने विवाह महोत्सवका लागि हजारौँको सङ्ख्यामा श्रद्धालु जनकपुर पुगेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.