रविका समर्थक र प्रहरीबीच झडप ,प्रहरीद्वारा अश्रुग्यास प्रहार
चितवन –चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थक र प्रहरीबिच झडप भएको छ ।
सहकारी ठगी अभियोगमा पूर्व गृहमन्त्री लामिछानेको बयान भइरहेका बेला जिल्ला प्रहरी कार्यालय चितवन अगाडि रविका समर्थक र प्रहरीबिच झडप भएको हो ।
लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबिच झडप भएको थियो । प्रदर्शनकारीको ढुङ्गा लागेर २० भन्दा बढी प्रहरी घाइते भएको चितवन प्रहरीले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । रविका समर्थकहरूले अहिले पनि प्रदर्शन गरिरहेका छन् । प्रहरीले प्रदर्शन नियन्त्रण गर्ने क्रममा लाठी चार्ज गर्नुका साथी पानीका फोहरा र अश्रुग्याँस प्रहार गरेको थियो ।
लामिछानेलाई बयानका लागि काठमाडौँबाट चितवन लगिएको थियो । बयान नसकिएपछि आज बुधवार पनि लामिछानेको बयान चलिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्