जनकपुरधाममा राम–जानकी विवाह पञ्चमीको रौनक
धनुषा- धनुषाको जनकपुरधाम राम जानकी विवाहा महोत्सवले झकिझकाउ भएको छ । विवाहा महोत्सवमा आएका हजारौँ भक्तजन र श्रद्धालुहरुले गर्दा कलियुगमा पनि जनकपुर देबभूमी नै हो भन्ने भान भएको छ । बिश्व हिन्दु परिषदको नेतृत्वमा अयोध्याबाट जन्तीहरुको आगमन भएकाले अहिले जनकपुरधाम विवहामय भएको छ ।
आज जानकी मन्दिरबाट बिशेष साज सज्जा र बाजागाजाका साथ महन्तजी को नेतृत्वमा मेवा मिष्टान फलफूल र लुगा कपडा सहितको भारसहितको कोसेली लिएर राम मन्दिर पुगेर तिलकोत्सव कार्यक्रम भएको छ । र आजै सम्धी मिलन कार्यक्रम पनि हुनेछ ।
भोलि बिहीबार गंगासागरको महागंगा आरती घाटमा मटकोर हुनेछ भने शुक्रबार बिबाहपञ्चमीको दिन राम मन्दिरबाट बाजागाजा सहितको झांकी मूर्ती र बिशेष प्रकारले सज्जित डोलामा जानकी जी को मूर्ती, झांकी र साधु सन्त श्रद्धालु सहितको डोला ऐतिहासिक रंगभूमी मैदानमा पुगेर मिलन र पूजाआजा हुनेछ ।
बिशेष रूपले सजाइएको जानकी मन्दिरमा सोही बेलुका मैथिली परम्परा अनुसार बैबाहिक रिती रिबाजका साथ भगवानको बिबाह गराइनेछ ।
प्रतिक्रिया राख्नुहोस्