सरकारले स्थायी आवास बनाइदिने आशामै बित्यो एक बर्ष
काठमाडौँ- जाजरकोटको बारेपाकोट केन्द्रविन्दु भएर भूकम्प गएको कार्तिक १७ गते एक बर्ष वित्यो । ६ महिनामा अस्थायी र एक बर्ष भित्रमा स्थायी आवास पुननिर्माणको काम सक्ने भनी तत्कालीन मन्त्रिपरिषद्ले गरेको निर्णय अझै कार्यान्वयन भएको छैन । स्थायी आवास निर्माणका लागि अत्यावश्यक मानिने डिडिआर वा क्षतिबारे विस्तृत अध्ययन समेत हुन सकेको छैन । तर नागरिक भने सरकारले स्थायी आवास बनाइदिने आशामा बसेका छन् ।
प्रतिक्रिया राख्नुहोस्