मिथिला क्षेत्रमा मनाइने विवाहपञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व छः राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विवाहपञ्चमीले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास लिएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले विवाहपञ्चमीका अवसरमा विज्ञप्ति जारी गर्दै प्राचीन मिथिलाको राजधानी रहेको पवित्र धार्मिक, सांस्कृतिक स्थल जनकपुरधाममा साताव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिएको उल्लेख गर्नुभएको छ ।

“प्राचीनकालदेखि मिथिला क्षेत्रमा मनाइने विवाहपञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व छ । यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास लिएको छु,” विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.