तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई दिने निर्णय

काठमाडौँ- यस बर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मानबाट लोक गायक राजु परियारलाई सम्मान गरिने भएको छ ।

तुलसीमान श्रेष्ठ स्मृति समाजले भोलि (मंसिर २२ गते) काठमाडौँको रानीवन पार्टी प्यालेसमा विशेष कार्यक्रम गरेर गायक परियारलाई सो सम्मान गर्ने निर्णय गरेको हो ।

सो सम्मान वितरणसँगै भोलि नै आँखा शिविर पनि राखिएको स्वर्गीय तुलसीमान श्रेष्ठका छोरा डा निरजमान श्रेष्ठले जानकारी दिनुभएको छ ।

हजारौँ लोक गीत गाएर चर्चा कमाउनु भएका परियार लोक दोहोरीको क्षेत्रमा सालिन व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ ।

लम्जुङ बेशीशहरमा जन्मनु भएका परियारका चर्चित गीतहरु सुनपानीले छर्क मायालु, मिर्मिरेको घाम, लम्जुङ्ग जाने दाइ, रुमाल धोको छु लगायतका हजारौँ गीतहरु छन ।

शैक्षिक, राजनीतिक र लोक साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउनुभएका स्वर्गीय तुलसीमान श्रेष्ठको नामबाट यो सम्मान स्थापना भएको हो ।

यो सम्मानबाट विसं २०७५ देखि लगातार लोकगीत र लोकगायन तर्फका चर्चित व्यक्तित्वहरु सम्मानित भइसक्नुभएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.