निर्माणाधीन फास्ट ट्र्याकमा टिपर दुर्घटना, एकको मृत्यु

हेटौँडा – निर्माणाधीन निजगढ -काठमाडौँ द्रुतमार्ग(फास्ट ट्र्याक) मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर-५ झाक्रीडाँडा नजिक निर्माणाधीन सडकमा भएको टिपर दुर्घटनामा एक जनाको ज्यान गएको हो ।
हात्तिसुडेबाट फास्ट ट्र्याकको बाटोको लागी ग्राभेल लोड लिई ज्यादै गरेको ना८ख २४३० नम्बरको ट्रिपर आफै अनियन्त्रित भई सडकबाट करिब २५/३० मिटर तल खोल्सामा खसेर दुर्घटना हुँदा ट्रिपर चालक सानु लोको टिपरले च्यापिएर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्याम अर्यालले बताउनु भयो ।






प्रतिक्रिया राख्नुहोस्