विकासका लागि दीर्घकालीन र विशेष योजना आवश्यक छ : मुख्यमन्त्री लामा 

नुवाकोट- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले विकासका लागि दीर्घकालीन र विशेष योजना आवश्यक रहेको वताउनुभएको छ । दीर्घकालीन योजनाको ध्यान दिएर मात्र विकास निर्माण सुरु गरिने परिपाटी आफूले सुरु गरेको मुख्यमन्त्री लामाले वताउनुभयो।
नुवाकोटको विदुरमा बिहीबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री लामाले बागमती प्रदेशले विशेष रूपमा योजना बैङ्क बनाएर मात्र विकासको कार्य सुरु गर्ने वताउनुभयो।  स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारसँग साझेदारीबाट मात्र विकास सम्भव रहेको बत्ताउँदै लामाले विकासमा दोहोरो तथा तेहरोपना नभई नमुनायोग्य काम गर्नु पर्ने वताउनुभयो।
प्रदेश तथा नीति आयोगलाई स्वतन्त्र रूपमा काम गर्न दिएर दीर्घकालीन रूपमा  प्रतिफल दिने योजना मात्र अगाडि बढाइनेसमेत मुख्यमन्त्री लामाले वताउनुभयो।  अहिलेको अवस्थामा लगानी अनुसार प्रतिफल शून्य रहेको उहाँको भनाई छ ।
केहि नीति र नियमका कारण अहिले स्थानीय तह, प्रदेश तथा सङ्घीय तहबिच काम गर्ने तालमेल नमिलेको कारण समस्या परिरहेको मुख्यमन्त्री लामाले खुलासा गर्नुभयो ।
उहाँले जनसङ्ख्या र आवश्यकतालाई मध्यनजर गरेर मात्र योजना बनाउनुपर्नेसमेत वताउनुभयो।
जलविद्युत, पर्यटन तथा सडक मार्गको निर्माण वाटै विकासको नमुना प्रदर्शन हुने बत्ताउँदै लामाले अवको विकासमा आफ्नो घर लैजाने वाटो बनाउने विज्ञ नभई जनताको लागि विकासको योजना ल्याउने विज्ञ आवश्यक रहेको वताउनुभयो।  मुख्यमन्त्री लामाले विकासको योजना बनाउँदा अव प्रदेशले एक वर्षमा प्रदेशभित्र जोडिने पाँच वटा सडकलाई विशेष सडकको रूपमा निर्माण गरिनेसमेत वताउनुभयो।
उहाँले आफूले जनताको विकासमा पहिलो प्राथमिकता दिनेसमेत वताउनुभयो।  मुख्यमन्त्री लामाले बजारका अप्रमाणित तथा स्वास्थ्यसम्बन्धी परीक्षण नगरिएका खाद्यवस्तु नखाने, व्यवस्थित जीवन पद्धति अवलम्बन गर्ने बानी बसाल्नुपर्ने वताउनुभयो।
उहाँले स्वास्थ्यका योजना माग्ने भन्दा पनि स्वास्थ्यप्रति सचेत हुनुपर्ने वताउनुभयो।
नुवाकोट जलविद्युतको हब भएकाले त्यही अनुसार विकास गर्नुपर्ने र यसको गुरुयोजना अगाडि बढिसकेको पनि लामाले वताउनुभयो।  मुख्यमन्त्री लामाले आफू बागमतीको आर्थिक मामिला मन्त्री भएका बेला ७ अर्ब बजेट ल्याउन सफल भएको वताउनुभयो।
 उहाँले  हरेक नागरिकले स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जना गरेर देशलाई विकासको बाटोमा लैजाने योजना अनुसार आफू क्रियाशील रहेको दावी गर्दै वर्तमान सरकार त्यसको आधारमा नै अघि बढिरहेको वताउनुभयो।
देशको अर्को आम्दानीका रूपमा पर्यटन क्षेत्र भएकाले नुवाकोटमा पर्यटकहरूलाई ल्याउनका लागि राम्रो व्यवस्था हुनुपर्नेमा पनि मुख्यमन्त्रीले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.