अस्मिता र मुकुन्दले ल्याए “जाऊ हिँड पोखरा” ( भिडियो )

 

काठमाडौँ – नयाँ रोमान्टिक डान्सिङ गीत “जाऊ हिँड पोखरा” सार्वजनिक भएको छ। पोखराको प्राकृतिक सुन्दरतालाई प्रेम र आकर्षणसँग जोडेर प्रस्तुत गरिएको यो गीतले श्रोता तथा दर्शकलाई नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

गीतमा गायक मुकुन्द त्रिपाठी र चर्चित  गायिका अस्मिता अधिकारीको आवाज रहेको छ। गीतका शब्द र सङ्गीत स्वयम् मुकुन्द त्रिपाठीले सिर्जना गरेका हुन्। गीतलाई राजु सुनामले ए रेन्ज गरेका हुन्  भने ओजन स्टुडियोमा रेकर्ड गरिएको हो । विनोद परियारले गीतको मिक्सिङ गरेका हुन्।

भिडियोमा गायक मुकुन्द त्रिपाठी, सरिता दनकुटी र अनुभव त्रिपाठीको अभिनय फिचर्ड छन्। सुवास सुबेदीको सिनेमाटोग्राफी, सुवास अम्गाईको सम्पादन तथा कलरिङ, र युमी बलामीको कोरियोग्राफीले भिडियोलाई अझै आकर्षक बनाएको छ।

दुर्गा न्यौपाने त्रिपाठी  निर्मात्री रहेको यस गीतको भिडियोलाई  मुकुन्द त्रिपाठीले निर्देशन गरेका हुन्। मुकुन्द त्रिपाठीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

भिडियो लिंक: https://youtu.be/KorvmrxqvW0?si=eWLwdmKKwOCOoEAP

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.