कविता: कठै मेरो देश !

कठै मेरो देश !
कतै ज्यालादारीमा खटाउने
कतै कार्यालय सहयोगी बराबर तलब खुवाउने
नर्सिङ पेशालाई बौद्धिक पेशा नदेख्ने
कठै मेरो देश !
स्वदेशमा नर्सिङ जनशक्तिको खडेरी पर्दैछ
अस्पताल र नर्सिङ कलेजमा शून्यता छाउदैछ
दुइ घण्टा नर्स बिना चल्दैनन् कुनै अस्पताल
तर पनि
नर्सिङ पेशालाई बौद्धिक पेशा नदेख्ने
कठै मेरो देश !
२० औ बर्षसम्म एउटै तहमा राखेर
अपमान कति गर्छौ ?
५० बर्ष उमेर पुगिसक्दा पनि
रात्रिकालीन ड्युटीमा कति खटाउँछौ ?
स्नातकोत्तर अनि पि एच डी तिमी
आफै पढाउँछौ नर्सलाई
एक दर्जा कम गरेर काममा
किन खटाउँछौ तिमी नर्सलाई ?
धमाधम नर्सिङ कलेज बन्द हुदाँ
कतिको रोजगारी खोसिन्छ
कतिको पढ्ने पैसा बिदेसिन्छ
न शैक्षिक योग्यताको कदर हुन्छ
न श्रम शोषणको अन्त्य हुन्छ
नर्सिङ पेशालाई बौद्धिक पेशा नदेख्ने
कठै मेरो देश !
पोख्रेल राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत हुनुहुन्छ






प्रतिक्रिया राख्नुहोस्