पत्रकार महासंघको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाल पत्रकार महासंघको केन्द्रिय निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । ५२ सदस्य केन्द्रिय समितिका लागि मनोनयन भएको हो । सभापति पदमा निर्मला शर्मा, रमेश विष्ट, कमल गिरी, र देवीप्रसाद सापकोटा गरी चार जनाको उम्मेद्वारी परेको छ ।
नेपाल पत्रकार महासंघको महाधिवेशनमा नेपाल प्रेस युनियन र प्रेस चौतारीले गठबन्धन गरी उम्मेदवारी दिएका छन् भने प्रेस सेन्टर, समाजवादी प्रेस संगठन, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन, प्रगतिशील पत्रकार संगठन र प्रेस मञ्च नेपाल संयुक्त प्यानल बनाएर महासंघको महाधिवेशनमा उम्मेदवारी दिएका छन् । मंसीर २८ गतेका लागि तोकिएको निर्वाचनका लागि महासंघको केन्द्रिय कार्यालयमा मनोनयन दर्ता गरिएको हो ।
यसअघि पत्रकार महासंघको चुनाव २०७७ चैतमा भएको थियो। त्यसबेला प्रेस चौतारीकी निर्मला शर्मालाई हराउँदै प्रेस युनियनका विपुल पोख्रेल अध्यक्ष निर्वाचित भएका थिए। निर्वाचित अध्यक्ष पोखरेलले सदस्यता विवादका कारण राजीनामा दिनुभएको थियो ।
त्यसपछि महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले समेत राजीनामा दिएपछि कार्यबहाक अध्यक्ष बाला अधिकारीको नेतृत्वमा निर्वाचन हुन लागेको हो ।।






प्रतिक्रिया राख्नुहोस्