सुदूरपश्चिम रोयल्ससँग लुम्बिनी लायन्स पराजित

काठमाडौँ- नेपाल प्रिमिगर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग लुम्बिनी लायन्स पराजित भएको छ । आज भएको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४६ रनले पराजित गरेको हो । सूदुरपश्चिमको यो लगातार तेस्रो जित हो भने लुम्बिनी लायन्सको लगातार तेस्रो हार हो ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले एक सय ८७ रन लक्ष्य प्रस्तुत गरेको थियो । खेलमा लुम्बिनी लाइन्सले ९ विकेटको क्षतिमा जम्मा मात्र १४२ रन मात्र बनाउन सफल भयो ।






प्रतिक्रिया राख्नुहोस्