‘एक साताभित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी हुन्छः अर्थमन्त्री

काठमाडौँ- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक साताभित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)द्वारा आयोजित ‘विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भूमिका’ विषयक छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले काम सम्पन्न गरेर भुक्तानी लिन बाँकी रहेका मन्त्रालय र अन्य निकायमा ढिलोमा एक सातामा भुक्तानी उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्माण व्यवसायीलाई ऋण भुक्तानीका लागि म्याद थप गर्ने विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल गरेर उचित निकास निकाल्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीले बैंकको ऋण तिर्नुपर्ने म्याद यही मङ्सिर मसान्तसम्म रहेको जानकारी दिनुभयो । उहाँले सबैको साझा लक्ष्य विकास निर्माण भएकाले सरकारले निर्माण क्षेत्रलाई सधैँ प्राथमिकतामा राख्ने बताउनुभयो ।

बजेटमा सूचीकृत रहेका १७ हजार योजना कार्यान्वयन गर्नुपर्ने जानकारी दिँदै अर्थमन्त्री पौडेलले भन्नुभयो, “चालु आर्थिक वर्षको बजेटमा रु ७५ हजारका परियोजना छन् । सङ्घले यति सानो परियोजना कार्यान्वयन गर्ने भएपछि स्थानीय तह र प्रदेश सरकारले कस्तो परियोजना बनाउने ? बजेटका कारण पनि धेरै काम गर्न सकिएको छैन ।”

अर्थमन्त्री पौडेलले आधार नै नभएका आयोजनाहरू पनि हजारौँ रहेको जानकारी दिँदै पूर्वाधार निर्माणका लागि ऋण लिनुपर्ने अवस्था रहेकाले यसलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.