अपाङ्गता पुनर्स्थापना कार्यक्रम :अशक्तलाई बाख्रा हस्तान्तरण

नुवाकोट- नुवाकोटको तारकेश्वरमा अपाङ्गता भएकालाई पुनर्स्थापना कार्यक्रम सञ्चालन गरिएको छ । सोही अन्तर्गत अपाङ्गता भयकालाई बाख्रा हस्तान्तरण गरिएको छ ।

अपाङ्गता मानव अधिकार मञ्च नुवाकोटले र बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा जीविकोपार्जन कार्यक्रम अन्तर्गत तारकेश्वर गाउँपालिकाका अपाङ्गता भएका  १० जनाको लागि बाख्रा हस्तान्तरण गरेको हो ।  तारकेश्वर १ दाङ सीङमा वास्तविकता पहिचान गरी बाख्रा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ ।

तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले  अपाङ्गता भएकाहरूलाई बाख्रा हस्तान्तरण गर्नुभयो । उहाँले अपाङ्गको प्रोत्साहन, आत्मसम्मान तथा स्वरोजगारका लागि गाउँपालिकाले समेत विशेष कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।

अध्यक्ष अधिकारीले अपाङ्गता भएकाहरूलाई केहि दिनमै जाडोमा आगो ताप्नका लागि ४० थान हिटर प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो।

“समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार“ भन्ने नाराकारसाथ आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले अपाङ्गता भएका विद्यार्थीहरूको उच्च सम्मान र हौसला प्रदान प्रदानको लागी न्यानो कपडा हस्तान्तरण गर्नुभयो ।

यता, नुवाकोटको विदुर नपा ५ माझिटारमा  च्वाडी पब्लिक मावि, बौद्धिक अपाङ्गता स्रोत कक्षामा अध्ययनरत  विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले विद्यार्थीहरूलाई न्यानो कपडा हस्तान्तरण गर्नुभयो ।
उहाँले स्रोत कक्षालाई आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मेयर श्रेष्ठले अपाङ्गता भएका व्यक्ति वा आश्रित परिवारलाई सिपमूलक तालिम दिएर व्यवसायमा आबद्ध गराउन विदुर नपा क्रियाशील रहेको बताउनुभयो । उहाँले अपाङ्गता भएका नागरिक,  सीमान्तकृत र असहज अवस्थामा परेका व्यक्तिहरूमा विदुर नपा समर्पित रहेकोसमेत बताउनुभयो ।

सोही कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा बोगटीले समावेशी र सामाजिक कार्यमा नगरपालिका र वडा कार्यलयले काम गरिरहेको बताउनुभयो ।  उहाँले अपाङ्गता भएका व्यक्तिहरूको लागि केही कार्यक्रम अपुग भएमा आगामी दिनमा सुधार गर्ने बताउनुभयो ।
विदुर ५ का वडाध्यक्ष लीनानाथ न्यौपानेले विदुर नपा र वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरूलाई स्रोत र साधनले भ्याएसम्म उच्च प्राथमिकता दिएर काम गरिरहेको दाबी गर्नुभयो । कार्यक्रममा शिक्षाविद रामप्रसाद जोशी, अपाङ्ग मानव अधिकार मञ्च नुवाकोटका अध्यक्ष लोचन भट्टराई लगायतले अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारले विशेष रूपमा प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा च्वाडी पब्लिक माविका प्रधानाध्यापक गणेशबहादुर कुमाल,  विद्यालयका अध्यक्ष नवराज खनाललगायतले अपाङ्गतालाई विशेष रूपमा शैक्षिक अधिकारले सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.