प्रधानमन्त्रीबाट दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन

झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गर्नुभएको छ ।
मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो ।
चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा रहेकोे छ ।
मुख्य बजार क्षेत्रबाट केवल ४ किलोमिटर टाढा र पूर्व-पश्चिम राजमार्गबाट उत्तरतर्फ १० मिनेटको ड्राइभमा आउन सकिने दमक नगरपालिकाको वार्ड नं. ३ मा अवस्थित यस दमक व्यापारिक कम्प्लेक्सको मुख्य भवन १०० मिटरको उचाइमा रहेको छ ।
परिसरले ४ बिघा १६ कठ्ठा क्षेत्रफल ओगटेको छ ।
यस दमक व्यापारिक कम्लेक्शमा विभिन्न प्रकारका कृयाकलापहरू, जस्तै व्यावसायिक, व्यापारिक, मनोरञ्जनात्मक, र कर्पोरेट कार्यक्रमहरू एकै स्थानमा समायोजन गर्ने गरी डिजाइन गरिएको छ ।
साथै दृष्यावलोकन समेतको प्रावधान राखी बनाइएको छ, जसले हाम्रो भूदृश्यको सुन्दर दृष्यहरू हेर्नको लागि एक उत्कृष्ट बिन्दु सावित हुनेछ । यो टावरले निस्सन्देह हाम्रो शहरको अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउनेछ, पर्यटकहरूलाई आकर्षित गर्ने र स्थानीय व्यवसायहरूलाई प्रोत्साहन दिने अपेक्षा गरिएको छ ।
यो टावर परिसरलाई विभिन्न भूउपयोग क्षेत्रहरूमा विभाजन गरिएको छ, जस्तै पैदल मार्ग प्रवेश एवेन्यू, प्रवेश प्लाजा, टावर, मनोरञ्जनात्मक बगैचा, बालबालिका खेल क्षेत्र र वनस्पति बगैचा ।
यसको बेसमेन्ट पार्किङ सुविधाले ४० वटा चार पाङ्ग्रे र २०० वटा दुई पाङ्ग्रे सवारी साधनहरूलाई एकै पटकमा समायोजन गर्न सक्छ, जसले आगन्तुकहरूको लागि पर्याप्त स्थान सुनिश्चित गर्दछ ।
कुल निर्मित क्षेत्रफल १५,६११ वर्ग मिटर रहेको दमक व्यापारिक कम्लेक्शमा बेसमेन्ट, ग्राउन्ड फ्लोर, सहित १८ तल्लाहरू छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.