बारपाककी सुचिना हत्याका आरोपी सार्वजनिक

बारपाक- सुलिकोट गाउँपालिका–१ की १८ बर्षिय सुचिना घलेको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । घलेको हत्या आरोपमा बारपाकका ४३ बर्षिय मन सम्जेर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । मंसिर १५ गते बारपाक स्थित मैखर्क जंगलमा घाँस काट्न गएकी घलेक मंसिर १८ गते मृत अवस्थामा भेटिएकी थिइन् ।

जंगलमा खाल्डो भित्र पुरिएको अवस्थामा घलेको शव भेटिएको थियो । हत्याको आरोपमा पक्राउ परेका गुरुङले घलेलाई एक्लो अवस्थामा देखेपछि करणीको प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । करणीको प्रयास गर्दा घलेले प्रतिकार गरेको पनि खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी वासुदेव पाठकले बताउनुभयो ।

आक्रमणको क्रममा घलेको मृत्यू भएको पनि प्रहरीले जनाएको छ । आक्रमणको क्रममा मृत्यू भएपछि ५० मिटर पर लगेर खाल्डो खनी गाडेको पनि प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।

घटना पछि आरोपितले घटना आफुले घटाएको भनि ‘नोट’लेखि दराजमा राखेको पनि खुलेको छ । आरोपितको घर खनतलासीको क्रममा दराजमा‘मेरो वयान’ भनि शिर्षक राखी ‘म बाट कुनै निर्दोस नारीको ज्यान गयो’ भन्ने समेत ब्यहोरा लेखिएको पाना भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्र प्रसाद सुवेदीले बताउनुभयो । उत्त प्रेस नोटलाई पनि महत्वपुर्ण भौतिक सवुत प्रमाणको रुपमा लिएको डिएसपी सुवेदीले बताउनुभयो ।

शव पोष्टमाटको लागि फरेन्सीक मेडिसिन विभाग त्रिवि शिक्षण अस्पताल काठमाडौ पठाइएको थियो । त्यस्तै अनुसन्धानको क्रममा संकलन गरिएको भौतिक सबुत प्रमाणहरु नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला पठाइएको छ । आरोपिन मन सम्सेर गुरुङलाई सोमबार पक्राउ गरि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.