नेपाल टेलिभिजनकर्मी नेपाली  सम्मानित

 डोटी – नेपाल पत्रकार महासङ्घ डोटी शाखाले प्रदान गरेको क्रियाशील टेलिभिजन पत्रकारिता पुरस्कार २०८१ बाट नेपाल टेलिभिजन डोटी जिल्ला संवाददाता सुवास नेपाली सम्मानित हुनुभएको छ।

हरेक वर्ष महासङ्घले प्रदान गर्ने ५ विधाका पुरस्कार अन्तरगत नेपाल पत्रकार महासङ्घको १४ औ वार्षिक साधारण सभा तथा ८औ जिल्ला अधिवेशनका अवसरमा नेपाली कृयसिल टेलिभिजन पत्रकारिता पुरस्कार बाट सम्मानित हुनुभएको हो।

सम्मानित पत्रकार नेपालीलाई जिल्ला समन्वय समिति डोटीका समन्वय प्रमुख लक्षण बहादुर सिंहले कदर पत्र , नगद  र दोसल्ला सहित सम्मान गर्नु भयो।

कार्यक्रममा छापा मिडिया पत्रकारिताबाट रामहरि ओझा ,महिला पत्रकारिताबाट,रश्मि कुवर,अनलाइन पत्रकारिताबाट किरन धामी र रेडियो पत्रकारिता पुरस्कारबाट धिरेन्द्र चटौत सम्मानित भएका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.