राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका लागि राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गर्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्