लाखौँ भक्तजन पुगे प्रसिद्ध दुप्चेश्वर ,सबै समुदायको संगमस्थल बन्दै

राउतवेशी, नुवाकोट-  पशुपतिनाथको पर्यायका रूपमा प्रसिद्ध नुवाकोटको दुप्चेश्वरमा धान्य पूर्णिमाको अवसरमा लागेको मेलामा लाखौँ सर्वसाधारणले दूधको धारा चढाएका छन् । निःसन्तानलाई सन्तान दिने जनविश्वासले प्रसिद्धि कमाएको चर्चित र मुख्य धार्मिक पर्यटकीय स्थल दुप्चेश्वरमा यस वर्ष लागेको मेलामा लाखौँ भक्तजनहरूले सहभागिता जनाएका हुन् ।

दुप्चेश्वरमा यस वर्ष साताव्यापी लागेको मेलाका अवसरमा एक लाख १५ हजार जना भन्दा बढिले मेला भरेका छन् । मेलामा उत्साहपूर्वक रूपमा सर्वसाधारणले दुप्चेश्वर पुगेर पूजापाठसमेत गरेका हुन् ।

साताव्यापी रूपमा लागेको मेलामा हजारौँ निःसन्तान दम्पतीले सन्तान प्राप्तिको माग गरेका छन् । मेलामा देश तथा विदेश वाटसमेत त्रिर्थालुहरुको सहभागिता रहेको थियो ।

दुप्चेश्वर मेला साताव्यापी रूपमा लागेको थियो । सदरमुकाम विदुरदेखि ४५ किलोमिटर उत्तरमा रहेको दुप्चेश्वर गाउँपालिका ६ अर्थात् साविकको राउतबेशी गाविस  ८ मा रहेको तादी खोलाको पूर्वी मोहडाको किनारामाथिको विशाल पहरोमा रहेको दुप्चेश्वरमा यस वर्षको मुख्य मेला आइतबार दुप्चेश्वरलाई गाईको दूधको धारा चढाउँदै सम्पन्न भएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ  ।

यस वर्ष मेलामा भक्तजनहरूको सङ्ख्या गत वर्षको भन्दा १५ प्रतिशत वृद्धि भएको मेला आयोजक समितिले जनाएको छ ।  मेलामा दुई सातासम्म गरी एक लाख १५ हजार जनाले सहभागिता जनाएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ ।

मेलामा सबै किसिमका मानिसहरू आएर दुप्चेश्वरमा पूजापाठ गर्नुका साथै दूध, दाम्लो, जनै, सुपारी चढाएको दुप्चेश्वर गापाका अध्यक्ष शङ्कर बहादुर थापाले जानकारी दिनुभयो ।  उहाँका अनुसार  यस मेला शिवरात्रिपछिको नेपालको दोस्रो ठुलो मेला हो ।

दोस्रो पशुपतिनाथको नामले समेत चिनिने सो मन्दिरमा धान्य पूर्णिमाको अवसरमा एक सातासम्म विशेष मेला लागेको पुजारी भगवानहरि धितालले वताउनुभयो ।  विशेष गरी सन्तान नभएका दम्पत्तिहरु सन्तान हुने विश्वासमा पूजा आराधना गर्न पुग्छन् भने कतिपय सन्तान भए पनि दर्शन गराउन बालबालिकासहित पुग्नेगर्दछन्। ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.