रवि लामिछानेलाई तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस

फाइल फोटो

पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वउपप्रधान तथ गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले तीनवटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ ।

सभापति लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगमा मुद्दा चलाउन सिफारिस गरिएको हो ।

कास्की प्रहरीका प्रवक्ता वसन्तकुमार शर्माका अनुसार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा सजाय हुनुपर्ने मागसहितको प्रतिवेदन सोमबार सरकारी वकिल कार्यालयलाई बुझाइएको छ ।

रायसहितको अनुसन्धान प्रतिवेदन ६ सय पृष्ठ लामो छ । प्रहरीले रवि लामिछाने सहित ५१ जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।

अहिले पक्राउ परेका ५ जना यसअघि पक्राउ परेका ९ जना र अन्यलाई फरार प्रतिवादी बनाउन राय दिइएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.