सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा विष्ट नियुक्त

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा डा महेन्द्र विष्ट नियुक्त हुनुभएको छ।

गत शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले डा विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा विष्ट यसअघि पनि नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नवनियुक्त अध्यक्षको अहिले केहीबेरमा सपथ गरिने मन्त्रालयले जनाएको छ ।

नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारले एउटै व्यवस्थापनबाट संचालन गर्ने गरी केही महिना अघि मात्र सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो । सोहि ऐन अनुसार सार्वजनिक सेवा प्रसारण संस्थाको कार्यकारी अध्यक्षमा विष्टलाई नियुक्ति हुनु भएको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.