म्याद थपका लागि लामिछानेलाई अदालत उपस्थित गराइयो
पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा रहेका लामिछानेमाथि त्यसअघि थपिएको म्याद सकिएसँगै आज अदालत उपस्थित गराइएको हो ।
कास्की प्रहरीले रविमाथि अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ ।
२ कात्तिकमा काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई कास्की प्रहरी हिरासतमै रहेका बेला रुपन्देही, काठमाडौं, चितवन र पर्सा बयानका लागि लगिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्