सीमा अपराध र तस्करी नियन्त्रण गर्न गृहमन्त्री लेखकको निर्देशन 

रुपन्देही-  गृहमन्त्री रमेश लेखकले सीमा अपराध र तस्करी नियन्त्रण गर्न लुम्बिनी प्रदेशका सुरक्षा निकायलाई निर्देशन दिनु भएको छ ।

गृह मन्त्रालय र लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त रूपमा आयोजना गरिएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सिमानामा भई रहेका सीमा अपराध, तस्करी र राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिनु भएको हो ।

क्रस बोर्डर अपराध भइरहेको छ, तस्करी मौलाएको र राजस्व चुहावट भइरहेको सुनिएको छु गृहमन्त्री लेखकले भन्नुभयो गोष्ठी सकिएपछि यस्तो गुनासो सुन्न नपरोस् । उहाँले पछिल्लो समय साईबर क्राईम बढेको बताउँदै यसलाई पनि नियन्त्रण गर्न निर्देशन दिनुभयो ।

गृहमन्त्री लेखकले संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने बताउनु भयो । उहाँले शान्ति सुरक्षा खलबलिने बित्तिकै मौलिक हकहरू गुम्ने भएकाले लोकतन्त्रको पूर्व शर्त नै  शान्ति सुरक्षा रहेको बताउँदै शान्ति सुरक्षा र अमन चयनमा विशेष ख्याल गर्न आग्रह गर्नुभयो ।

गृहमन्त्री लेखकले संविधानको सही कार्यान्वयनका लागि शान्ति सुरक्षा नै प्रमुख सवाल हुने भएकाले यसतर्फ ध्यान दिन सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको हो ।

गृहमन्त्री लेखकले शान्ति, सुशासन, विकास र समृद्विका लागि पनि शान्ति सुरक्षा अनिवार्य सर्त रहेको बताउनु भयो ।

लुम्बिनी प्रदेश गौतम बुद्वको जन्मस्थल रहेकाले शान्ति सुरक्षा पूर्ण सुरक्षित बनाउनुपर्ने बताउनुभयो ।

गोष्ठीमा गृह मन्त्रालयका अधिकारी सहित लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका सुरक्षा अधिकारीको सहभागिता रहेको छ ।

गोष्ठीमा सीमा सुरक्षा, सीमा अपराध, राजस्व चुहावट, प्रदेशको सुरक्षा चुनौती लगायतका विषयमा छलफल गरिने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.