सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यकारी अध्यक्ष विष्टद्वारा पदभार ग्रहण

सार्वजनिक सेवा प्रसारण संस्थाको सचिवालय नेपाल टेलिभिजन सिंहदरवारमा रहने

काठमाडौँ- सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी)को नवनियुक्त कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले आज पदभार ग्रहण गर्नुभएको छ ।

नवनियुक्त अध्यक्ष डा विष्टले आज सार्वजनिक प्रसारण संस्था, नेपाल टेलिभिजन पुगेर पदभार ग्रहण गर्नु भएको हो ।

पदभार ग्रहणसँगै उहाँले सार्वजनिक प्रसारण सेवाको सचिवालय हालका लागि नेपाल टेलिभिजन सिंहदरवारमा रहने निर्णयमा हस्ताक्षरसमेत गर्नुभयो ।

पदभार ग्रहणपछि उहाँले संचार- प्रविधिको शैलीमा आएको परिवर्तनलाई आत्मसाथ गर्दै सार्वजनिक प्रसारण संस्थाको रुपमा नेपाल टेलिभिजन र रेडियो नेपालले जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।

गत शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले डा विष्टलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

डा विष्ट यसअघि पनि नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो ।

नेपाल टेलिभिजन र रेडियो नेपाललाई सरकारले एउटै व्यवस्थापनबाट संचालन गर्ने गरी केही महिना अघि मात्र सार्वजनिक सेवा प्रसारण ऐन ल्याएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.