पत्रैपत्रको जिन्दगी ( कविता )
जिन्दगी पत्रैपत्र भएकोछ
उक्कायो छोडायो
कोट्यायो नङ्ग्यायो
उधिन्यो र खोतलो
खुर्कियो तास्यो !!
जे जे गरे पनि
जतिसुकै गरे पनि
पत्रहरू आइरहेछन्
एक एक गर्दै खुलिरहेछन् !!
खै !
आफैंलाई चिन्न गाह्रोभएकोछ
आज चिन्यो भोलिपल्टै फेरिन्छ
पुरानो हुँदैन , स्मरणले पनि छुँदैन
आज जे छ भोलि हुँदैन !!
सायद !
गति भिन्न भएर होला
हेर्दाहेर्दै फेरिन्छ विचारको चोला
बगिरहन्छन् विचारका खोला
कहिले सुक्छन् कहिले फैलन्छन्
कहिले गड्गडाउँछन् कहिले हड्बडाउँछन् !!
खै कस्तो !
केस्रा परेको हो
के के खेस्रा कोरिएको हो
गन्न नसकेर दिमाख मोरिएको छ
सोच्दासोच्दै एकोहोरिएको छ !!
प्रतिक्रिया राख्नुहोस्