टुहुरा बालबालिका पढाउँदै डोटीको के आई सिंह गाउँपालिका

 डोटी – डोटीको के आई सिंह गाउँपालिकाले टुहुरा तथा अनाथ बालबालिकाका लाई पढाउन थालेको छ।

दुई वर्षकै उमेरमा आमाले छोडेपछि बडी केदार गाउँपालिका ३ धारा पानी दुर्गम गाउँमा हुर्किएकी दीपाले ६ वर्षको उमेर हुँदासम्म स्कुल देख्न पाइनन् ।

सोही गाउँका ९ वर्षीय भक्तबहादुर रोका मगरलाई पनि आमाले कलिलै उमेरमा छोडेर अर्को विवाह गरे पछि अलपत्र परेका उनीहरूलाई अहिले के आई सिंह गाउँपालिकाले टुहुरा तथा अनाथ बालबालिकाका लागि सञ्चालनमा ल्याएको छात्रावासमा छन् ।

छात्रावासमा उनीहरूजस्तै अरू ११ विद्यार्थी रहेका छन् ।जसमध्ये कसैले आमा गुमाएका छन् त कसैले बुबा ।

गरिबी र आफन्त अभाव झेलेका उनीहरूलाई  गाउँपालिकाको वडा नम्बर ४ मा रहेको सरस्वती आधारभूत विद्यालयको  छात्रावासमा पढेर पढिरहेका छन् ।

गाउँपालिकाले खाना आवास, स्टेसनरी खर्चदेखि औषधी उपचारको समेत जिम्मा लिएर यसै वर्ष देखि  टुहुरा तथा अनाथ बालबालिकालाई कक्षा ५ सम्म निःशुल्क रूपमा पढाउन सुरु गरे पछि बालबालिका खुसी भएका छन् ।

लामो समयदेखि टुहुरा बालबालिकाको पठनपाठनका लागि तयारी गरिरहे पनि चालु आर्थिक वर्षबाट मात्र सुरुवात गर्न सफल भएको   के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.