पूर्वी चितवनको खैरेनी पर्सा बजार तेस्रो खैरेनी महोत्सवको तयारी अन्तिम चरणमा
चितवन – पूर्वी चितवनको खैरेनी पर्सा बजार तेस्रो खैरेनी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
उद्योग वाणिज्य सङ्घ खैरेनीको आयोजनामा पुस ५ गतेदेखि महोत्सव सुरु हुन लागेको हो । सो महोत्सवको तयारी करिब पूरा भएको आयोजक उद्योग वाणिज्य सङ्घ खैरेनीले बुधवार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
महोत्सव परिसरमा कृषि प्रदर्शनी स्थलबाहेक २ सय बढी स्टल निर्माण गरिएको छ । महोत्सवको आवश्यक तयारी अन्तिम चरणमा पुर्याएका छौँ,महोत्सव संयोजक खनालले भन्नुभयो- प्रमुख अतिथिका रूपमा पर्यटन मन्त्री बद्री पाण्डे आउने टुङ्गो लागेको छ ।
तेस्रो खैरेनी महोत्सवको अवसरमा यस पटक पर्सा बजारमा पुस १३ गते देखि १५ गतेसम्म फुड फेस्टिभलको आयोजना गर्न लागिएको महोत्सव संयोजक खनालले जानकरी दिनुभयो ।
महोत्सवमा स्थानीय जातजातिका खानाका परिकार ,कुखुराबाट बन्ने परिकारहरूलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।
व्यावसायिक साझेदारी प्रयास स्वरूप महोत्सवको प्रवेश टिकटको आधारमा म्याड्ङ्गो जनज्योति सिनेमा हल र मौला कालिका केबलकारको टिकटमा ५०% छुटको व्यवस्था गरिएको छ ।
महोत्सवमा विभिन्न पेसा, व्यापार, उद्योग, व्यक्ति, युवा, वृद्ध तथा विद्यार्थी वर्ग गरी करिब २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवमा करिब १५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनमा सङ्घका वरिष्ठ उपाध्यक्ष एव कला,सांस्कृतिक समिति संयोजक अर्जुन लम्सालले यस पटक सांस्कृतिक कार्यक्रमलाई भव्य बनाउन प्रख्यात कलाकार,गायक,गायिकालाई ल्याउन लागिएको बताउनुभयो ।
महोत्सवको पूर्व सन्ध्यामा बिहीबार रोड रेस प्रतियोगिता आयोजना गरिएको छ । महोत्सव स्थलबाट सुरु हुने रेस नगरपालिका गेट,ज्यामिरे हुँदै महोत्सव परिसरमै आएर सकिनेछ । प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार,७ हजार र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया राख्नुहोस्