मुख्यमन्त्रि लामाव्दारा म्यागङ गाउँपालिकाको भवन उद्घाटन

नुवाकोट – गाउँपालिका घोषणा भएको आठ वर्षपछि नुवाकोटको म्यागङ गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ  । भवन बनेपछि गाउँपालिका तथा सर्वसाधारणलाई निकै सुविधा पुगेको छ ।

म्यागङ गापा ३ मानेव्लेमा नवनिर्मित प्रशासकीय भवनको बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले उद्घाटन गर्नुभयो ।

नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै मुख्यमन्त्री लामा तामाङले पक्की, आधुनिक, भूकम्प प्रतिरोधी भवन निर्माणसँगै सेवाग्राहीलाई सहजरुपमा सेवा सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले जनताको प्रत्यक्ष काम स्थानीयस्तरवाटै गरिने वताउनुभयो ।

अव को निर्वाचनमा नेपाली काँग्रेस ठुलो दल हुने बत्ताउँदै लामाले २०८४ सालको निर्वाचन काँग्रेस एकल बहुमतसहित ठुलो दल हुने दाबी गर्नुभयो । मुख्यमन्त्रि लामाले काँग्रेसको समाजवाद अनुसार हरेक नागरिकले स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जना गरेर देशलाई विकासको बाटोमा लाने भएकाले वर्तमान सरकार त्यसको आधारमा नै अघि बढिरहेको वताउनुभयो।

कांग्रेसले परिकल्पना गरे अनुसार नै वर्तमान सरकार अगाडि वढिरहेको बताउदै मुख्यमन्त्रि लामाले  कांग्रेसले विकासलाई पहिलो प्राथमिकतामा राखेको वताउनुभयो ।

मुख्यमन्त्री लामाले  रोजगारी सिर्जना गर्न कलकारखाना तथा उद्योगहरु खोल्नुपर्ने भन्दै नुवाकोट जलविद्युतको हव भएकाले त्यहि अनुसार विकास गर्नुपर्ने बताउनुभयो ।

उक्त भवनको कुल लागत सात करोड ३६ लाख २१ हजार ५ सय ५२ रुपैयाँ रहेको छ । तीन तले सो भवन वह उपयोगी रहेको छ । भवन नहुंदा यसअघि म्यागङ ३ देउरालीस्थित पुरानो देउराली गाविसको साँघुरो भवनबाट सेवा प्रदान हुँदै आएको थियो । भवन वनेपछि सेवा प्रदान गर्न र सेवाग्राहीहरूलाई सेवा लिन निकै सुविधा भएको म्यागङ गापा अध्यक्ष आशावहादुर तामाङले वताउनुभयो ।

भवन निर्माणका लागि म्यागङ गापा, जिल्ला समन्वय समिति, बागमती प्रदेश सरकार, सङ्घीय सरकारको लगानी रहेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.