रसियाका तर्फबाट लडिरहेका १ सय कोरियाली सैनिकको मृत्यु

रसियाका तर्फबाट युक्रेनसँग लडिरहेका १ सय जना उत्तर कोरियाली सैनिकको मृत्यु भएको दावी दक्षिण कोरियाले गरेको छ ।

उत्तर कोरियाले आफ्ना १० हजार सैनिक रसिया पठाएको र ती सैनिकलाई रसियाले युक्रेनसँगको युद्धमा प्रयोग गरिरहेको दावी दक्षिण कोरियाकासाथै अमेरिका र बेलायतले गर्दै आएका छन् ।

मृत्यु हुनेमा उच्च सैन्य अधिकारीसमेत रहेको बताइएको छ । कहिल्यैपनि युद्ध नगरेका, उत्तर कोरियाली सैनिकलाई रसियामा केही साताको तालिमपछि युद्धमा खटाइएको थियो ।

युक्रेनले रसियाको कुर्स्क क्षेत्रमा गरेको आक्रमण र कब्जाका क्रममा ती सैनिक मारिएका हुन् ।

गत शनिवार युक्रेनका राष्ट्रपति भ्लोदोमीर जेलेन्स्कीले समेत रसियाको कुर्स्क क्षेत्रमा उत्तरकोरियाली सैनिक मारिएको बताउनुभएको थियो ।

रसिया र उत्तर कोरियादुबैले अहिलेसम्म युक्रेनमा उत्तर कोरियाली सैनिक खटाइएको बारेमा सार्वजनिक गरेका छैनन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.