हिरासतमा रहेका लामिछानेको तस्वीर सार्वजनिक गर्नेलाई प्रहरीले कारवाही गर्ने

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कास्की प्रहरीले तस्वीर सार्वजनिक गर्नेलाई कार्वाही गर्ने जनाएको छ ।

आज एक विज्ञप्ती प्रकाशित गर्दै कास्की जिल्ला प्रहरी कार्यालयले अनधिकृत रुपमा फोटो सार्वजनिक गर्ने व्यक्तिलाई साइवर कानून  तथा अन्य प्रचलित कानून बमोजिम कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

सो तस्वीर रास्वपाकै समर्थक डा  निकोलस भुषालले सिसीटीभीबाट खिचेर सार्वजनिक गरेको उनी आफैँले स्वीकारेका थिए।

डा भुषालले सो तस्वीर सार्वजनिक गर्नु गलत भएको भन्दै सामाजिक सञ्जालमार्फत नै माफी मागेका थिए ।

लामिछाने सहकारी ठगी प्रकरणमा हाल अनुसन्धानको क्रममा कास्की प्रहरी हिरासतमा छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.