तीन वर्षदेखि अलपत्र विद्युतीय बस सञ्चालनमा

रुपन्देही- झण्डै तीन वर्षदेखि लुम्बिनीमा अलपत्र रहेका पाँच वटा विद्युतीय बसमध्ये दुई वटा बस परीक्षणाका रुपमा सञ्चालनमा ल्याइएको छ । कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका पाँच वटा मध्ये दुई वटा बस बिहिबारदेखि लुम्बिनी विकास कोषले सञ्चालन शुरु गरेको हो ।

एसियाली विकास बैंकको अनुदान सहयोगमा बृहत्तर लुम्बिनी यदिेत्रमा आन्तरिक तथा वाह्य पर्यटकलाई सेवा दिने उदेश्यले ल्याइएका बसको परीक्षणका लागि सञ्चालन शुरु गरिएको छ ।

एसियाली विकास बैंकको अुनदानसहयोगमा पाँच वटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले २०७९ साल जेठ १२ गते हस्तान्तरण गरेको थियो ।

मन्त्रालयले सेतो नम्बरप्लेटमा बस र भ्यान हस्तान्तरण गरेपछि पर्यटकसेवाका लागि हरियो नम्बर प्लेट बनाउने कानुनी उल्झनका कारण सञ्चालन हुन सकेको थिएन ।

बुटवलदेखि भैरहवा एयरपोर्ट हुँदै बुद्ध जन्मस्थल लुम्बिनीसम्म र बेलहियाबाट एयरपोर्ट हुँदै लुम्बिनीको रुटमा बस सञ्चालन हुनेछ । बस चढ्ने यात्रुले स्वेच्छिक रुपमा दानपेटिकामा रकम दिन सक्नेछन् ।

एसियाली विकास बैंकको अनुदान सहयोगमा बस, भ्यान र चार्जिंग स्टेशन सोलार प्लाण्ट र सोलार चार्जर स्टेशन निर्माणका लागि झन्डै २८ करोड खर्च भैसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.