भैरहवा मेडिकल कलेज परिसरमा बम जस्तै देखिने शङ्कास्पद बस्तु फेला
रुपन्देही- रुपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शिक्षण अस्पताल भैरहवामा कुकर बम जस्तो देखिने शङ्कास्पद बस्तु फेला परेको छ ।
अस्पतालको दक्षिण पश्चिम पार्किङ क्षेत्रमा उक्त शङ्कास्पद बस्तु फेला परेको हो । अस्पताल परिसरमा फेला परेको उक्त शङ्कास्पद बस्तुमा प्रेसर कुकर, घडी, तार र ब्याट्री जडान गरिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
घटना स्थलमा नेपाल प्रहरी सहित नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । थप विवरण भने आउन बाँकी रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्