दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौँ- सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न परमादेश जारी गरेको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले  हाल प्रहरी हिरासतमा रहनु भएका प्रसाईंलाई  रिहा गर्न परमादेश  दिएको हो।

मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भए मुलुकी  फौजदारी कार्यविधि सहित दफा १५ बमोजिम निजबाट धरौटी वा जमानत लिई निजलाई तरिखमा राखी मुद्दाको बाकी अनुसन्धान तहकिकात गर्न परमादेशमा जारि गरिएको छ ।

दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि पर्साईलाई आज सर्वोच्च अदालतमा  हाजिर गराइएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.