अमला विक्रिबाट आम्दानी गर्दै दाङका सामुदायिक वन
दाङ– अमलाको फल विक्रि गरेर दाङका सामुदायिक वनहरुले राम्रो आम्दानी गर्दै आएका छन् । सामुदायिक वनमा आफै उम्रिएका र वृक्षारोपन गरिएका अमलाको फल विक्रि हुन थालेपछि सामुदायिक वनले वर्षेनी लाखौं रुपैयाँ आम्दानी गरेका छन् ।
दाङको राजपुर गाउँपालिका–३ खरदरियामा रहेको जनकल्याण सामुदायिक वन समूहले यस वर्ष एक लाख रुपैयाँमा अमलाको फल ठेक्कामा विक्रि गरेको छ । करिब दुई हजार ५ सय अमलाका विरुवा रहेको जनकल्याण सामुदायिक वन समूहले गत वर्ष जम्मा ५० हजार आम्दानी गरेकोमा यस वर्ष दोब्बर आम्दानी गरेको वन समूहका अध्यक्ष लिला यादवले जानकारी दिनुभयो ।
सामुदायिक वनबाट ठेक्कामा खरिद गरेको अमलाको फललाई आयुर्वेदिक औषधि बनाउने उद्योगलाई प्रति किलो ५० रुपैयाँका दरले विक्रि गर्ने गरिएको व्यापारीहरुको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्